काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक सुरु भएको छ । बैठक काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न खोजेको बुझिएको छ । यसअघि पौडेलले जेष्ठ १९ गते संस्थापन इत्तर पक्षीय केन्द्रीय सदस्यसँग भर्चुअल मिटिङ गरेका थिए ।
पछिल्लो समय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल कागजी महाधिवेशन गर्ने गरी चोचोमोचो मिलाएको पौडेल पक्षमा आशंका छ ।








