काठमाडौं । नेपालमा थप ९ जनामा मंगलबार (आज) कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज थपिएको ९ जनाको संख्या पुष्टि गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार आज संक्रमित हुने हरुमा ८ जना पुरुष र १ महिला रहेका छन् । संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१,२१,२३,२५,२५,२९, ३० वर्षिय पुरुष,त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका वडा नम्बर ३ का एक २८ वर्षिया महिला, बारा करैयामाई–५ निवासी ३८ वर्षिय पुरुष रहेका छन् ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका छन् ।









