काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।
यूरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र विक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ ।
यसैगरी साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।









