चितवन । भरतपुर अस्पतालको सघन कक्ष (आइसियू)मा उपचाररत एक बिरामीको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएका ती बिरामीको मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती बिरामीमा टिवी रोगका साथै छातीमा पानी जमेका कारण मृत्यु भएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । उनले ती बिरामी वीरगञ्जबाट रिफर भएर आएकाले कोरोना भाइरस (कोभिड–१९) समेत परीक्षण गर्न लागिएको बताए । उनले भने–‘बिरामीमा कुनै पनि कोरोना लक्षण देखिएको छैन, वीरगञ्जबाट आएकोले मात्रै कोरोना परीक्षण गर्दैछौं ।’उनले मृतक बिरामीको स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण लागि पठाइएको छ ।








