• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव

  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव देखिएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा समस्या देखिन थालेको चिकित्कहरु बताउँछन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नै औषधि नभएकाले अभाव झेल्नुपरेको बताए । उनीहरुले क्यान्सर भएका विरामीले प्रयोग गर्ने औषधिको अभाव भएको बताए । चिकित्सकले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत ठाउँमा भएको क्यान्सरमा प्रयोग गरिने औषधि अभाव भएको बताए । वीपी कोइराला क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागका चिकित्सक डा। गुरु शाहले रक्त क्यान्सरका बिरामीलाई दिइने ब्लुमाइसिन, ड्याक्टिनोमाइसिन, भिनक्रिस्टिन, इमाटिनिब, भिनब्लोसिन, लेनोलिडोनाइड अभाव भएको बताए । यस्तै पाठेघरको क्यान्सरका बिरामीलाई दिइने बिभोसिजिम्याप, फोक्सोको क्यान्सरका बिरामीले खाने इभरिलोमस, स्तनको क्यान्सर बिरामीले खाने ट्याक्सिफेन, मिर्गौला क्यान्सरका बिरामीका लागि दिइने सोलिटिब, विभिन्न क्यान्सरमा प्रयोग गरिने मेथोटेक्जेट, डाकारबाजिन जस्ता औषधि अभाव भएको बताए । डा. शाहका अनुसार बिरामीलाई चढाइने केमोको समेत अभाव हुन थालेको छ । विगत १५ दिनदेखि यस्ता औषधिको अभाव हुन थालेको डा।शाहले बताए । लकडाउनको समयमा समेत क्यान्सर अस्पतालमा दैनिक २ सय ५० जना क्यान्सर तथा शंकास्पद बिरामी आउने गरेका छन् । साधारण अवस्थामा दैनिक ६ सय ५० जना बिरामी अस्पतालमा आउने गरेका थिए । क्यान्सर गेट अगाडिको बिमल फार्मेसीका सञ्चालक बिमल लामिछानेले क्यान्सरका बिरामीहरुलाई नियमित रूपमा चाहिने औषधिको अभाव भएको बताए । ‘हामीले आफ्नो च्यानल लगाएर मगाउने प्रयास गरिरहेका छौं, तर सफल भएका छैनौं,’ सञ्चालक लामिछानेले भने, ‘औषधि नपाउँदा बिरामीहरु असाध्यै मर्कामा परेका छन्, फिर्ता पठाउनुपर्ने बाध्यता छ ।’ क्यान्सरका बिरामीलाई दिइने औषधि महँगासमेत हुन्छन् । अधिकांश औषधि भारतमा उत्पादन हुन्छन् । ती औषधि भारतबाट हवाई जहाजमार्फत नेपाल ल्याउने गरिन्छ । तर, अहिले हवाई जहाज नचल्दा औषधि ल्याउन सक्ने अवस्था नभएको डा. शाहले बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.