काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका दोस्रो पटक राष्ट्रपति विद्या भण्डारीबाट भएको संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।
पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नेछन् । संवैधानिक इजलासले संसद विघटन गर्नुको लिखित कारण पेश गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएपछि सुनुवाई एक साताको लागि रोकिएको थियो ।
अहिले सबै पक्षबाट लिखित जवाफ आईसकेको र नेपाल बार तथा सर्वोच्च बारबाट दुई दुई जना एमिकस क्युरी पनि खटाईसेकेको अवस्थामा सुनुवाई सुरु हुन लागेको हो ।








