चितवन । पश्चिम चितवनको मंगलपुरमा माछा चोर्ने क्रममा बिबाद हुँदा प्रहरी जवान सहित पाँच जना घाईते भएका छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरका ३८ वर्षिय सन्तोष थापा, ५२ वर्षिय गणेश थापा, वडा नम्बर १६ मंगलपुरका २६ वर्षिय दिपेश बजगाई, २३ वर्षिय दिपेन्द्र वजगाई र दङ्गा नियन्त्रण गण हेटौडा दरवन्दि भई रामपुरमा कार्यरत २६ वर्षिय प्रहरी जवान विजय सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पोखरीमा माछा मार्ने क्रममा राती १० वजे बिबाद हुँदा सन्तोष थापाले खुकुरी प्रहार गरेका थिए । विवाद भएको जानकारी पाएर गस्तिमा गएको प्रहरी टोलि माथि समेत थापाले समेत खुकुरी प्रहार गरेको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिनु भयो । सन्तोष र गणेश थापा, दिपेष र दिपेन्द्रले ठेक्का एिको माछा पोखरीमा रातको समयमा माछा चोर्न गएको थिए । आफ्नो माछा पोखरीमा चोर्न आएको जानकारी पाएपछि दिपेष र दिपेन्द्र पोखरीमा जाँदा सामान्य भनाभन भएको थियो । सामान्य भनाभन पश्चातउग्र रुप लिर्दै झडप भएको उहाँले जानकारी दिनुभयो । थापाको खुकुरी प्रहारबाट प्रहरी जवान सुनुवार गम्भिर घाईते हुनु भएको छ भने दिपेष र दिपेन्द्र वजगाई मध्यम र सन्तोष र गणेश थापा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको चिवतन मेडिकल कलेजमा उपचार भईरहेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








