• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सौराहामा कोरोनाको त्रासः असर व्यवसायीहरु लाई

" असर व्यवसायीहरु लाई "
  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सौराहामा यो समय पर्यटनको आगमन वढ्ने समय हो । फागनु सुरु भए संगै पर्यटकहरुको संख्या वढ्दै जाँदा यहाँका होटल तथा रेटूरेन्टहरु भरिभराउ हुने गदथे । तर छिमेकी मुलुकहरुमा कोरोनाको संक्रमण फैलीए पछि यसको सौराहामा देखिन थालेको छ ।
    अघिल्ला वर्षहरुमा ९० प्रतिशत सम्म पर्यटक आउने यो समयमा अहिले सौराहामा १५ देखि २० प्रतिशत मात्र पर्यटकहरु रहेको व्यवसायीहरुले बताएका छन् । पर्यटकको आगमन हुँदा भ्याई नभ्याई हुने यहाँका व्यवसायीहरु अहिले यहाँ रहेका कर्मचारीहरुलाई समेत बिदा दिन थालेका छन् । कोरोना भाईरसको त्रासका कारण बाह्य तथा आन्तरिक पर्यटकको आगमन घटे संगै कर्मचारीहरुलाई बिदा दिन थालिएको हो ।
    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार गतबर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ् हुने गर्दथे । नेपाली कार्यक्रमहरु भईरहेकाले आज सम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिन पछि यो संख्या निकै न्यून हुने उहाँको भनाई छ । अहिले युरोपियन, भारतिय र नेपाली पर्यटक मात्र रहेका छन् । यस अघि भएका सबै बुकिङ् रद्ध भएका छन् ।
    होटलमा पर्यटक नभए पछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशत सम्म कर्मचारीलाई बिदा दिई सकेका छन् । एउटै होटलमा १० जना देखि ७० जना सम्म कर्मचारी रहेका छन् । अन्य होटलले पनि बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए पनि खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन सुरु गरिएको हो ।
    सौराहाका होटलहरुले १० वर्ष अघि सम्म बर्षातको समयमा पर्यटक नआए पछि जेठ देखि साउन सम्म बिदा दिने गरेका थिए । पछिल्ला बर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाई छ । क्रमश सौराहा सुनसान हुँदै जाने परिस्थिति देखिएको छ ।
    संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अबस्था नरहेको बताउनुहुन्छ । एकिन तथ्याङ्क नभए पनि सौराहाका १ सय १५ वटा होटल बनाउन रु ८ अर्ब भन्दा वढि लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउनुहुन्छ ।
    व्यापार हुन नसक्दा त्यसको किस्ता र व्याज तिर्ने सम्भावना नदेखिएको उहाँको भनाई छ । ऋण व्याज मिनाहा भन्दा पनि व्यवसायीलाई थप समय दिनु पर्ने घिमिरेको तर्कछ । व्यापार ठप्प भए पछि बैंकको कालो सूचिमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबै भन्दा वढि पर्यटक आउने चीन कोरोनाबाट प्रभाबित छ । यस अघि पठाएका पर्यटकको समेत चीनका ट्राभल एजेन्टहरुले भूक्तानी गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।
    सौराहामा द्धन्द्ध काल संगै भूकम्प र नाकाबन्दिको समयमा व्यपारमा निकै गिरावट आएको थियो । अहिले त्यो भन्दा वढि प्रभाब देखिने अबस्था आएको व्यवसायीहरु बताउँछन् । त्यतिवेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपाली समेत बाहिर निस्कन डराएको घिमिरेको भनाई छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
    कोरोनाको प्रभाव होटलमा देखिए पछि यसले अन्य क्षेत्रमा नराम्रो असर पुर्याएको छ । पर्यटकबाट आश्रीत साना होटल, रेष्टूरेन्ट, पसलहरु, डुङ्गा, हात्ती, जिप, पर्यटक बस जस्ता पर्यटन व्यवसाय प्रभाबित भएका छन् । जसबाट सरकारको राजस्वमा पनि प्रभाब देखिने भएको छ । यस संगै कुखुराको मासु र अण्डाको खपत घटे पछि मूल्यमा गिरावट आउन थालेको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.