चितवन । भरतपुर अस्पतालको आइसियुमा उपचारको क्रममा मृत्यु भएका बिरामीमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार बिहान मृत्यु भएका रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षिय एक बृद्धाको रिपोर्ट नेगेटिभ आएको हो । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ४ महिनादेखी टिबीको औषधी लिईरहेका ति ब्यक्तीमा श्वासप्रश्वासको समस्या भएपछि आइतबार राती ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनमा लामो समदेखी फोक्सो र श्वासप्रश्वासमा समस्या थियो । स्थानिय अस्पतालले क्यान्सरको आशंकामा उनलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरेको र त्यस अघी कोरोना भाइरस परीक्षणको लागि हिजो राती ९ भरतपुर अस्पताल ल्याईएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो ।








