काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु पक्षीय नेताहरुलाई आज बैठक बोलाएका छन् । नेता पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरुलाई बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो १ बजे बसुन्धरास्ति दियालो फुडल्याण्डमा बस्ने गरी बोलाएको हो । गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण विहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।
उनीहरुको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए ।








