हेटौँडा । लकडाउनका कारण कार्तिक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने निर्माण व्यवसायी संघ मकवानपुर जनाएको छ । संघ मकवानपुरका अध्यक्ष श्याम सुन्दर ढकालले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै बन्दाबन्दी र आउँदो वर्षाका कारण कार्तिक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने बताएका हुन । उनले निर्माणका काम ठप्प हुदाँ रोजगारी गुम्ने देखि राज्य र व्यवसायीलाई अरबौंको क्षति हुने अवस्था रहने बताएका छन । देशमा लकडाउन छ जसले गर्दा मजदुर, प्राविधिक लगायत अन्य जनशक्तीको अभाव भएको र बाहिरबाट मान्छे ल्याएयर काम गर्न अवस्था पनि छैन्, निर्माण सामाग्री सप्लार्यस बन्द हुने, ढुङ्गावालुवा गिट्टीर सिमेन्टबाहेक अन्य सामाग्री नपाइनुले यहि कार्तिक समान्त सम्म निर्माणका कार्यहरु अगाडी बढाउन सकिदैन–ढकालले भने । कार्तिक मसान्त सम्म कार्य हुन नसकेको अवधिलाई सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद थप हुने व्यवस्था गर्न संघले नेपाल सरकार लगायत सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ।








