काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा अन्तक्रिया गर्न लागेको एक नेताले जानकारी दिएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु कार्यक्रममा सहभागी हुने छन् । आगामी रणनीति बनाउनको लागि कार्यक्रम आयोजना गरिएको ती नेताले बताए ।
यसअघि उनीहरुले विहीबार सम्पादकसँग अन्तक्र्रिया कार्यक्रम गरेका थिए । जेठ ७ गते मध्यराति दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन राजनीति र न्यायिक लडाइँमा छ ।








