काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको बताएका छन् ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई नै प्रधानमन्त्री तोक्नुपर्ने बताएका हुन् । ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ। १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ ।’
उनले भने । उनले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएकोसमेत स्पष्ट पारेका छन् । ‘माधवजी र मैले नै देउवाजीलाई तपाईं उभिन पर्यो भनेको यो पटकलाई ।
यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन ।’उनले भने, ‘संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको छ । देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको देखियो ।’








