• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कारागार चितवनमा कच्चा पदार्थको अभावमा काम विहिन कैदी वन्दी

  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदी वन्दीहरु यती खेर फुर्सदिला भएका छन् । सधै व्यस्त रहने कैदी वन्दीहरु लकडाउन संगै वजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन् । कारागार कार्यालय चितवनमा रहेका तीन सय भन्दा वढि कैदी वन्दीहरु कारागार भित्रै नियमीत काम गर्ने गर्दथे । उनीहरु अहिले फुर्सदिला भएका हुन । लकडाउनका कारण वजारबाट आउने कच्चा पदार्थ नआए पछि र उत्पादीत बस्तुलाई बिक्रि गर्ने ठाउँ नभए पछि कैदीवन्दीहरु काम बिहिन भएका हुन । कारागारमा कैदी जीवन बिताउँदै आएका बिहारी चौधरीले लकडाउन अघि महिनाको रु १५ हजार सम्म घर खर्चका लागि पठाउने गर्दथे । अहिले कच्चा पदार्थको अभाव र वजारको अभावका कारण उनले आफ्नो दैनिकि नै फेरीएको बताए । लकडाउनका कारण वाहिरबाट सामान आउन नपाउँदा काम वन्द भएपछि कारागार भित्र गरिने कामहरु पनि वन्द भएकाले कसरी परिवार चलाउने चिन्ता उनमा थपिएको छ । उनले भने “कारागारमा वसेर घर खर्च पठाएको थिँए । घरमा कमाउने कोही छैन । झन चिन्ता थपियो ।” चौधरी मात्रै होईन कुनै समय मुढा वुन्ने काममानै व्यस्त रहने गरेका कैदी वन्दीहरु अहिले कच्चा पदार्थको अभावका कारण काम विहिन वनेका छन् । लामो समय देखि मुढा कम्पनी चलाउँदै आएका अर्का कैदी अमृत गुरुङ् लकडाउनका कारण कच्चा पदार्थ नपाए पछि भित्र वसेर गरिने कामहरु वन्द भएको बताउँछन् । कच्चा पदार्थको अभाबमा काम नभए पछि शारिरिक परिश्रम हुँदैन त्यसैले खेलमा व्यस्त हुन्छु उनको भनाईछ । उनले भने “कारागार भित्र हुने काम भनेको वजारमा निर्भर हुने हो । अहिले वजार वन्द छ । सामान ल्याउन पाईएको छैन ।”
    आफ्नो पकेट खर्च पु¥याउनका लागि मुढा कम्पनीमा काम गर्दै आएका सुमन थापा (क) (नाम थर परिवर्तीत) यहाँ बसुन्जेल घरबाट खर्च माग्न नपरेकोमा लकडाउनका कारण काम नभए पछि खर्च चलाउन समस्या भएको बताए । लकडाउनका कारण वजारमा कच्चा पदार्थ अभाव भएका कारण भित्र वसेर गरिने काम अहिले बन्द भएको कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार लकडाउन हुनु भन्दा पहिले करिब ३ सय जना कैदी वन्दीहरु आत्मनीर्भर रहेको भए पनि उनीहरु अहिले खेलकुदमा रमाई रहेका छन् । काम नभएकाले कैदी बन्दीमा मनोवल नगिरोस भन्ने उद्देश्यले कैदी बन्दी बिचमानै बिभिन्न प्रतियोगिताहरु गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । यसरी काम गर्ने कैदीवन्दी मध्ये करिब एक सय जनाले यहीको कमाईले घरखर्च समेत चलाउँदै आएका थिए । ती मध्ये अहिले गलैचा वनाउने र बत्ती कात्ने काम वाहेक अन्य सबै वन्द रहेका छन् । गलैचा वनाउने काममा ३२ जना पुरुष र वत्ती कात्ने काममा २५ जना महिलाले वाहेक अन्य सबै खेलकुदमा व्यस्त हुन्छन् । लकडाउन अघि यहाँका अधिकांश कैदी वन्दीहरु मुढा, सुन चाँदीको काम, सिलाईकटाई, पर्श बुन्ने काम, साडीको कडाई गर्ने काममा व्यस्त रहने गरेका थिए । कारागार कार्यालय चितवनमा अहिले ५८ जना महिला र ६ सय ८१ जना पुरुष कैदी तथा कन्दी जीवन बिताउँदै आएका छन् । उनीहरुसंग तीन जना आश्रीत बालबालीका समेत रहेका छन् । कार्यालयको क्षमता महिला तर्फ २५ जना र पुरुष तर्फ २ सय ५५ जनाको रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.