हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानवुरको राक्सिराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय सुदिप मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
माक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डबाट लागूऔषध गाँजा १० किलो ७४० ग्रामसहित पक्राउ गरेको मकवानपुरका प्रहरी निरीक्षक दासले बताए । उनका अनुसार, आज मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह ३४६८ नं. को अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोभित्र लुकाई छिपाई ल्याएको १० किलो ७४० ग्राम गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मोक्तान अटो चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।








