काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








