चितवन । चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर-६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार आज मात्रै थप ३२ जना संक्रमित थपिएका छन् । चितवनसँगै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ८ जना, सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १३ जना, बाराको करैयामाई नगरपालिकाका १ जना, काठमाडौंका १ जना र रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ ।








