• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

ओली–नेपाल संवाद : शक्ति बाँडफाँडमा अल्झियो

  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ।

    बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन।

    कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो। स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए।

    त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो। ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ। ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए। पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्।

    त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्। कार्यदलमा रहेका नेताले भने संवाद सकारात्मक रहेको बताएका छन्। नेपाल पक्षबाट कार्यदलमा रहेका भीम रावल र सुरेन्द्र पाण्डेले संवाद सकारात्मक रहेको बताए। पाण्डेले थपे, ‘बिहीबार निष्कर्ष निस्कन्छ।’ नेपाल पक्षले दोस्रो अध्यक्ष भएर जाँदा पनि अधिकारसहित हुनुपर्ने र संवैधानिक निकायमा नियुक्ति दुवै अध्यक्षको हस्ताक्षरमा हुनुपर्ने कुरा उठाउँदै आएको छ। यही विषयमा ओली–नेपालबीच कुराकानी नमिलेको स्रोतको दाबी छ।

    नेपालसँगको कुराकानीपछि ओलीले बुधबार राति आफू निकटका नेतासँग छलफल गरेका थिए। ‘विधान, संगठन लगायतका धेरै विषयमा कार्यदलले सहमति गरिसकेको छ तर दुई नेताबीच शक्ति बाँडफाँड भएर भने विवाद निरुपण कठिन छ’, एमाले उच्च स्रोतले भन्यो। एमालेको विवाद सुल्झाउन गठित कार्यदलको बैठक तीन दिनदेखि जारी रहँदा समस्या समाधान हुने दिशामा बढेको नेताहरूले जनाएका थिए। तर पनि ओली र नेपालबीचको भेटघाटमा सहमति जुट्न सकेन।

    यसअघि ओली र नेपालबीच वैशाख ८ गते र ९ गते भेटवार्ता भएको थियो। ओलीले नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको थियो। त्यसअघि चैत २ मा पार्टी कार्यालयमा उनीहरूबीच वार्ता भएको थियो। त्यहाँ सकारात्मक कुराकानी नभए पनि ओली र नेपालबीच वैशाख ३० गते चार घण्टा कुराकानी भएको थियो।

    त्यसपछि १० सदस्यीय कार्यदल बनेको थियो। कार्यदलले काम गरिरहेका बेला नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई कारबाही गरियो। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले रामबहादुर थापालाई मतदान नगरेपछि कार्यदललाई जेठ ७ अघि नै निष्कृय पारिएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.