चितवन। जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका तीन जना र बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा तीन जना, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा एक–एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
एक जना तनहुँ र एक जना धनगढीको रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका अस्पतालमा हाल २ सय १३ जनाको उपचार भईरहेको छ ।
उपचारमा रहेका मध्ये सघन उपचार कक्षमा ६९ जना, भेन्टिलेटर र एचएफएनसिमा ११ जना, एचडियूमा ४० जना र सामान्य आइसोलेसनमा १ सय ४ जना उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत ३६ जनाले कोरोना जितेर घर फर्कीएको कार्यालयले जनाएको छ ।








