चितवन । चितवनको रत्ननगरमा तिनजनामा आरडिटी रियाक्टिभ देखिएको छ । शुक्रवार र शनिबार गुन्जमान सिंह अस्पतालमा गरिएको कोरोना परीक्षणका क्रममा ३ जनामा एन्टिबडि देखिएको स्रोतले जानकारी दिएको छ ।भारतबाट आएका धादिङ घर भएका ३० बर्षका एक युवामा शुक्रबार आरडिटी रियाक्टिभ देखिएको थियोे । त्यस्तै शनिबार १७ जनाको परिक्षण गर्दा दुईजनाको रियाक्टिभ देखिएको छ । काठमाडौबाट आएका २५ बर्षिय र रत्ननगरमा बस्दै आएकी ३१ बर्षिय महिलामा आरडिटी रियाक्टिभ आएको हो । आरडिटी रियाक्टिभ देखिएकी महिला प्रहरी भएको स्रोतले समाबेशि खबरलाई जानकारी दिएको छ ।








