भरतपुर । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भरतपुर महानगरपालिकाका वडा कार्यालयहरुले धमाधम क्वारेन्टाइन बनाउन थालेका छन । महानगरको वडा नम्बर तीनले भरतपुर ओरालोको एनपी आइ कलेजमा क्वारेन्टाइन बनाएको छ । डेढ सय जना क्षमताको क्वारेन्टाइन बनाइएको हो । तत्कालका लागी १० बेड तयार गरिएको वडाध्यक्ष चन्द्रमित्र पण्डितले बताए । उनका अनुसार अहिले ५ जना रहेका छन । तीमध्ये २ जना भारत र तीन जना पुर्बी नेपालबाट आएका हुन । क्वारेन्टाइनको क्षमता आवश्यकता अनुसार विस्तार गरिने वडाध्यक्ष पण्डितले बताए ।








