काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दैछ । समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।बैठकमा सरकारले सङ्घीय संसदमा दर्ता गरेको “नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७” र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको अनुसूचि–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो । बैठकमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।








