चितवन । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाले भरतपुर महानगरपालिका वडा नम्बर सातले स्थापना गरेको क्वारेन्टाइनका लागी सामाग्री प्रदान गरेको छ । क्वारेन्टाइनमा बस्नेहरुले प्रयोग गर्नका लागी कम्बल , बाल्टी , जग , साबुन , स्यानटाइजर , मास्क र पञ्जा सहयोग गरिएके छ । उक्त सामाग्री रेडक्रसका शाखा सभापति कृष्ण ढकालले वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले हस्तान्तरण गरे । कोरोना भाइरस कोभिड १९ को संक्रमण आउन नदिन वडा कार्यालयले गरेको काममा सहकार्य गरेको सभापति ढकालले बताए ।








