काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । शेरबहादुर देउवा नेतृत्वमा गठन हुन लागेको सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउन बैठक बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलबाट मन्त्रीको नाम टुंगो लगाउने भएको छ । देउवाले प्रधानमन्त्रीको सपथ आज ५ बजे लिंदै छन् । आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी देउवाको छ ।








