काठमाडौँ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँको सोह्रखुट्टेमा १ जना, नुवाकोटको ककनीमा १ जना सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।








