नवलपुर । नवलपुरको कावासोती र हुप्सेकोट क्षेत्रबाट यस बर्ष साढे ६ करोडको काक्रा निर्यात गरिएको छ । कावासोती कृषि उपज ब्यवस्थापन समितिले दिईएको जानकारी अनुसार काक्राको बढ्दो माग र उत्पादन राम्रो भएका कारण जिल्लाबाट काक्राको निर्यात सोचे भन्दा बढि गर्न सकेको कृषि उपज ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ वस्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार गत बर्ष साढे ४ करोडको हारहारीमा बिक्रि गरिएको काक्रा यस बर्ष करिव ६ करोड काक्रा काठमाडौँ स्थित भक्तपुरमा निर्यात गरिएको बताउनुभयो।
कावासोतीको हसौरा र हुप्सेकोटमा करिब डेढसय बिगाहामा भक्तपुरे लोकल काक्राँ, करिब ५० बिगाहा जमिनमा हाईब्रेड काक्रा उत्पादन भएकोे थियो । काक्रा उत्पादन भएको केही समय सम्म शितलहरले मुल्यमा गिरावट आई काका्रा को मुल्य प्रति के.जि ४० रुपैयाँमा झरेतापनि उत्पादनको समयमा मौसम प्रतिकुल रहदा प्रति के .जीं १सय २० रुपैया का दरले कृषकहरुले बिचौलिया रहित ढङगबाट उत्पादनको मात्रा बढेको जनाउनुभयो।
ब्यवसायिक रुपमा काक्रा खेती गरेका कृषकहरुले १ कठ्ठामा भक्तपुरे लोकल काक्रा लगाउने किसानले १ लाख ५० हजार बचत गर्न सफल भएको समेत अध्यक्ष बस्यालले बताउनुभयो । कावासोतीको हसौरा ,र हुप्सेकोट जुगेपानीमा संगै अन्य वडाहरुलाई काक्रा उत्पादनको रामो्र क्षेत्रका रुपमा लिईने गरिन्छ । उत्पादित भएका उक्त काक्राको बजारिकरण काठमाडौको भक्तपुरमा हुने भएकाले यस काका्रलाई भक्तपुरे लोकल काका्र भनिएको हो । यो काक्रा स्थानिय स्तरमा भन्दा भक्तपुरमा बढि महत्वका रुपमा लिईने गरिन्छ ।
कृषि क्षेत्रका लागि निकै सम्भावित क्षेत्ररहेको नवलपुरको हुप्सेकोटमा कृषकहरुले मौसम तथा बेमौसमाका बिभिन्न तरकारीहरु उत्पादन गरी एक सिजनमा नै लाखौँ आम्दानी समेत गर्दै आएका छन । भने तरकारी भन्दा असोज कार्तिक मौसममा उत्पादन भएका काक्राले कृषकलाई उचित मुल्य उपलब्ध गराउने भएपछि सामुहिक कृषि र्फाम र ब्यक्तिगत गरी करिब २सय ५० कृषकहरुले भक्तपुरे काक्रा उत्पादन गर्दै आएका छन ।
काक्रा उत्पादन पश्चात उत्पादित क्षेत्रबाटै बजारिकरण र बिचौलिया रहित उचित मुल्य पाउने भएपछि काका्र ब्यवसायबाट आफु सन्तोष रहेको कृषक रानाथ सिङजाली मगरले बतानुभयो । उहाँले भन्नुभयो, बर्षा समयमा तरकारीउत्पादनमा कुनै समस्या हुदैन जुन खडेरी समयमा उत्पादन हुने तरकारीका लागि निकै समस्या हुने गर्दछ ,यसका लागि राज्यले डिपबोरिङ तथा सिंचाईको ग्यारेण्टी गर्न सके यहाँका स्थानिय कुनै समस्या बिना कृषि ब्यवसाय गरी तरकारी उत्पादन कार्यलाई बढाउन सकिने बताउनुभयो ।
हुप्सेकोट क्षेत्रमा लगाईएका तरकारी तथा फलफुल क्षेत्रमा गण्डकी प्रदेशका कृषि मन्त्री लेखराम थापाले असोजमा अनुगमन गर्नुभएको थियो । त्यस्तै अर्को बर्ष पुनः उत्पादनको मात्रा बढाई कावासोती र हुप्सेकोट क्षेत्रबाट आठ करोड मुल्य बराबरको काक्रा निर्यात गर्ने लक्ष्य राखेको रहेको छ । यो वर्ष काक्राको मुल्यबाट सोचे जति आम्दानी गरेका कृषकहरु उत्साहित बनेका छन ।








