काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा जारी छ । बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम उपस्थित छैनन् ।
वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरु अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् । केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए ।
आजको बैठकमा पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।








