काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने जनाएको छ । आयोगले विज्ञप्ति निकालेर सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएका कारण पूर्व मितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने जनाएको हो ।
अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले भोलि आइतबारदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने आयोगबाट निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।








