काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








