काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








