• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना सङ्क्रमणले निकुञ्ज घुम्मने पर्यटक आधा घट्यो

  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना सङ्क्रमण वढे संगै लगाईएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेको छ । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमि आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एबं विदेशी पर्यटक जंगल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ९२ हजार २ सय ९ जना पर्यटकले जंगल सफारी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा यो संख्या १ लाख ८२ हजार ४ सय ३५ रहेको छ ।

    निकुञ्ज भित्र र वाहिर सामुदायीक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको संख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रहरुमा घुम्न आउनेहरुको तथ्याङ्क राख्ने गरिएको छैन । कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले निकुञ्ज घुमेका थिए । तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमि आएको बताउनुभयो । अघिल्लो वर्ष मुख्य सिजन सम्म पर्यटक आएको भए पनि गत वर्ष भरनै प्रभावित वनेकाले पर्यटकको संख्यामा कमि आएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा बिदेशी पर्यटक आउन नपाउँदा संख्या निकै कम भएको हो । लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाख १६ गते देखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।

    केही दिनमानै प्रवेश खुलाईने बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षातको समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायीक वनका गतिविधिहरु खोलीने छ । निकुञ्जमा पर्यटक घटे पछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर रु २ करोड ५५ लाख ३७ हजार ८२८ संकलन भएको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ ।

    ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा रु १ करोड १८ लाख ७० हजार ६१७ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट रु १ करोड ८८ लाख २४ हजार ३३८ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशत सम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरि सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटे संगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ । निकुञ्ज र जनता बिचको द्धन्द्ध घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ संकलित राजश्वको ५० प्रतिशत सम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो ।

    निकुञ्जमा मुख्य रुपमा हात्तिमा चढेर दुर्लभ वन्यजन्तु एक संगे गैंडा, वाघ, घडियाल गोही, चरा लगाएत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टरुाईले भूकम्प, नाकावन्दि, नारायणगढ मुग्लिन सडकको समस्या जस्ता समय समयमा आउने वाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.