काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार तोलामा १ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








