• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा कांँग्रेसको चुनावी सरगर्मी बढ्यो : सभापतिमा ८ जना आकांक्षी देखिए

  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै चितवन जिल्लामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

    काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गर्ते निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु नामहरु बाहिर आउन थालेको छ । उनीहरुको सभापतिमा आकांक्षा बढेसंँगै जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको हो । यद्यपी वडास्तरीय चुनावी तालिका भने स्थगित गरिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते गर्ने भनिएको गाउँ÷नगर वडा अधिवेशन सार्ने निर्णय गरेको हो ।

    पछिल्ला पटक तोकिएकोे मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि कांँग्रेसलाई महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरुको आन्तरिक भेटघाट र चुनावी प्रचारप्रसारमा दौडधूप जारी छ ।
    जिल्लामा नेतृत्वका लागि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । देउवाको पक्षमा भन्दा पौडेल पक्षमा सभापतिको उम्मेदवारका आकांक्षी धेरै भएकोले पौडेल पक्षको बढी वर्चस्व रहेको आंकलन गर्न सकिन्छ ।

    स्थानीय तहको निर्वाचनमा देउवा पक्षको पनि उत्तिकै बलियो गुट भएपनि देउवाले माओवादी केन्द्रकी रेनु दाहाललाई जिताउन भोट हाल्न नेता कार्यकर्तालाई बाध्य बनाएपछि देउवाको पकड र विश्वास कम हुंँदै गएको स्वयं पार्टीका नेता तथा कार्यकर्ता बताउंँछन । भलै गगन– सिटौला समुहका नेता कार्यकर्ता तथा विद्यार्थी नेताहरु साथ रहेपनि सभापतिका उम्मेदवारको लागि भने खुलेका छैनन । कतिपय समुहगत तथा खेमाको रुपमा बाहिरी गतिविधि क्रियाकलाप रहेपनि उनीहरु बहुमत जतातिर आउंँछ उही खेमालाई साथ दिने देखिएको छ ।

    अघिल्लो अधिवेशनमा पौडेल समुह र प्रकाशमान सिंह निकट जीतनारायण श्रेष्ठ र सिटौला खेमाका दिनेश कोईरालाबीच टक्कर परेको भएपनि पौडेल खेमाका जीतनारायण श्रेष्ठ सभापति बनेका थिए । तर यो अधिवेशन सम्म आईपुग्दा को कुन खेमामा छन र क–कसले खेमालाई परिवर्तन गरेका छन भन्ने ठम्याउन गाह्रो छ ।

    जिल्लामा को को छन् सभापतिका आकांक्षी :

    मिलनबाबु श्रेष्ठ

    राजेश्वर खनाल

    कैलाश कोइराला

    सूर्यकान्त घिमिरे

    राजेन्द्र बुर्लाकोटी

    उत्तम जोशी

    विजय भुषाल

    जगन्नाथ पौडेल

    हालसम्म जिल्लामा जिल्ला सभापतिको लागि ८ जनामा आकांक्षी देखिएको छ । जसमध्ये मिलनबाबु श्रेष्ठ सभापतिको लागि आफूले आकांक्ष देखाएको र देउवा पक्षबाट उम्मेदवारको लागि पक्का भएको दाबी गर्छन । उनी प्रदेश सभासदस्य पनि हुन् । लामोसमय समयसम्म पार्टीका विभिन्न समयमा पार्टीको लागि निरन्तर योगदान दिदै आएकोले आफूले नेतृत्व गर्ने र गर्नसक्ने बताउंँछन ।

    राजेश्वर खनाल ः राजेश्वर खनाल हाल कांँग्रेस महासमिति सदस्य हुन् । उनी लामो समयदेखि प्राध्यापन पेशा सँगै प्रजातन्त्रवादी प्राध्यापक संघ मैयादैवी कन्या कलेजका संस्थापक अध्यक्ष एवम् प्रध्यापक संघका सभापती भईसकेका व्यक्ति हुन् । उनी तरुणदल केन्द्रीय सदस्य, नेविसंघ केन्द्रीय सदस्य, तरुण दल जिल्ला अध्यक्ष भैसकेका व्यत्ति हुन् ।

    पार्टीलाई कसरी चलायमान गतिशिल बनाउन सकिन्छ भन्ने पूर्ण क्षमता रहेको र जिल्लामा नेता कार्यकर्ताको राम्रै साथ सहयोग पाएकोले पनि आफू नेतृत्वमा आकांक्षा रहेको बताउंँछन । उनी पुरानो घर तनहुंँ भएका कारण पौडेल समुहका कट्टर उम्मेदवार रहेको निकट श्रोत बताउंँछ । तर उनले अहिले खास यो विषयमा उनले चासो देखाएनन ।

    कैलाश कोइराला ः कैलाश कोइराला पनि वर्तमान कार्यसमिति उपसभापति हुन् । आफूलाई बौद्धिक नेता भन्न रुचाउने उनी आफ्नो पृष्ठभूमि कांँग्रेस रहेकोले आफ्नो जिल्लाको नेतृत्वमा आकांक्षा रहेको बताउंँछन । आफू विचार भन्दा दर्शनमा बढी विश्वास गर्ने भएकोले कांँग्रेसलाई गतिशिल, एकीकृत बनाउन आफ्नो मुख्य उद्धेश्य रहेको बताउंँछन । आफू कोइराला परिवारको रहेकोले पनि आफ्नो संस्थापन पक्षको पूर्ण साथ सहयोग रहेको उनी दाबी गर्छन ।

    उत्तम जोशी ः उनी हाल वर्तमान जिल्ला कार्यसमिति सचिव हुन् । पार्टीलाई एक ढिक्का बनाउने, संगठन विस्तार र सबै जिल्ला देखि केन्द्र स्तरका नेता तथा कार्यकर्ता संग सम्बन्ध राम्रो भएकोलेपनि आफू स्वतः आकांक्षी रहेको उनी बताउंँछन । जोशी परिवारका भएका कारण उनी पनि पहिले जोशी खेमा र पौडेलकै खेमा रहेको बुझ्न सकिन्छ । तर उनले पनि यस विषयमा खुलेर बोलेनन ।

    डाक्टर सूर्यकान्त घिमिरे ः जिल्लामा सभापतिको आकांक्षीमा सूर्यकान्त घिमिरेको नाम पनि पहिल्यैदेखि चर्चामा छ । उनी कृषि तथा वनविश्वद्यालय,रामपुरका संस्थापक रजिष्टार तथा पूर्व प्राध्यापक हुन् । उनी पूर्व महाधिविशेन प्रतिनिधि हुन् । उनी नेविसंघ जिल्ला सभापति पनि भैसकेका व्यक्ति हुन् ।

    सभापति देउवाको पछिल्लो गतिविधिबाट असन्तुष्टि भएका उनी राजनीतिक ध्रुवीकरण गर्न नहुने भनेपनि उनी पौडेल समुहका खेमा भित्र पर्दछन । विद्यार्थीकालदेखिनै नेविसंघ राजनीतिमा सक्रिय हुंँदै आएका उनी आफू सभापतिको आकांक्षीको रुपमा रहेको बताउंँछन ।

    राजेन्द्र बुर्लाकोटी ः राजेन्द्र बुर्लाकोटी पूराना र पाका नेतामा गनिन्छन । २०३६ सालको जनमत संग्रह देखि ०६२÷ ०६३ सालको जनआन्दोेलनसम्म उनी उत्तिकै क्रियाशील हुंँदै आएको बताउंँछन । आफूसंँग लामो राजनीतिक अनुभव र परिपक्वता भएकाले पनि आफू जिल्ला सभापतिमा आकांक्षी रहेको उनको भनाई छ । प्रतिनिधि सभाको चुनावमा समेत उम्मेदवार भएका बुर्लाकोटी, निस्वार्थ र निडर व्यक्ति मानिन्छन । उनको पौडेल खेमातर्फ झुकाव रहेको छ ।

    विजय भुषाल ः हाल उनी कांँग्रेसका महासमिति सदस्य हुन् । ०६२, ०६३ जनआन्दोलनको नेतृत्व गरेका उनी चितवनलाई सही नेतृत्व दिन र देशकै नमुना कांँग्रेस बनाउने आफ्नो मुख्य उद्धेश्य रहेको बताउंँछन ।

    मुख्य गरी पार्टीमा भएको विभाजनलाई एकीकृत गरी देशकै ठूलो , गौरव गर्न लायकको पार्टी बनाउन आफू तल्लीन हुने भुषाल बताउंँछन । उनी पनि पौडेल समुह तिर विश्वास राख्छन ।

    जगन्नाथ पौडेल ः जगन्नाथ पौडेल पनि उत्तिकै सक्रिय , उर्जाशील नेताभित्र गनिन्छन । उनी पूर्व सांसद , कानुन बिषयका प्राध्यापक पनि हुन । उनी महाधिवेशन प्रतिनिधि हुन् । उनले आगामी महाधिवेशनबाट सवल , सुदृढ काँग्रेस बनाउन अभियानमा आफ्नो सभापतिमा आकांक्षी रहेको बताउंँछन । उनी आफू पनि पौडेल रहेको र पहिल्यैदेखिनै पौडेल समुहको समर्थक रहेको उनको भनाई छ ।

    जिल्लामा यी ८वटै आकांक्षी उत्तिकै क्रियाशील , जुझारु, उर्जाशील, अनुभवी र बौद्धिक नेताहरुको आकांक्षी हुनु सकारात्मक बिषय रहेको बताउंँछन कांँग्रेसका चितवन सभापति जीतनारायण श्रेष्ठ । पार्टीले यस्ता नेताहरु आकांक्षी हुनु गौरवको बिषय ठान्दछन । आफू जिल्ला सभापतिको भूमिका निर्वाह गरिसकेको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी रहने श्रेष्ठले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.