चितवन । आज थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देखिएको हो ।
योसँगै देशभर कूल संक्रमित १ हजार ४२ जना पुगेका छन् । जसमध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् ।
प्रदेशअनुसारको संख्या हेर्दा प्रदेश १ मा १२९ जना प्रदेश २ मा ४१५ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा १७ जना, प्रदेश ५ मा ३६९ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर १८७ जना घर फर्किएका छन् । पछिल्लो पटक ४ जना थप डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०१ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३८ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।








