नवलपुर । देवचुली नगरपालिकामा फेरी अर्का २ जनामा कोरोना संक्रमण देखिएको छ । देवचुली नगरपालिका वडा नम्बर ११ का १९ वर्षिय पुरुष र वडा नम्बर १५ का २१ वर्षिय पुरुषमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतला कोभिड १९ प्रयोगशालाले जनाएको छ । अस्पतालका अनुसार ७३ वटा आरडीटि पक्षिण गर्दा देवचुलीका २ जनाको परिक्षण रिपोर्ट भने पोजेटिभ देखिएको जनाएको छ । देवचुली ११ का संक्रमित जेठ ९ गते भारतबाट आई सिधै देवचुली नगरपालिकाको क्वारेन्टीनमा बसेका थिए भने अर्का १५ नम्बर वडाका संक्रमित पनि जेठ १२ गते भारतबाट आएको जनाइएको छ । उनिहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।








