चितवन । रुकुम पश्चिमको चौरजहारीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ । अन्तरजातीय प्रेमका विषयमा रुकुमपश्चिम चौरहजारी नगरपालिका वार्ड नम्बर ८ सोतीमा भएको घटनालाई राजनीतिक संरक्षण नदिई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न र पुर्णतः दलित हिंसा बन्द गराउन उनिहरुले ज्ञापन पत्र मार्फत माग गरेका छन् ।
जातिय भेदभाव छुवाछूतको अन्त्य गर, हत्यारालाई हदै सम्म कारबाही गर, दलित हकहित को ग्यारेन्टी गर जस्ता शब्द लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेर संयुक्त दलित संघर्ष समिति चितवनले जिल्ला प्रशासन कार्यालय अगाडि नारा समेत लगाएका थिए । राज्यको विभेदकारी नीति तथा अमानविय सामाजिक संरचनाको कारणले दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम रहेकाले मृतक नवराज विक र उनका साथीहरूलाई गलत देखाउने मनसायले विभिन्न खालका जालसाजी गरी गलत ब्याख्या गर्न खोजिएको मा आपत्ति जनाउदै उनीहरुले घटनामा राजनीतिक संरक्षणको आशंकासमेत व्यक्त गरेका छन् ।
घटनाको प्रकृति हेर्दा यो अमानवीय तथा कलंकको रुपमा रहेको जातीय छुवाछुतको आधारमा भएको घटना हो भन्ने प्रष्ट देखिन्छ हामी रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न लाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं उनिहरुले नारामा भनेका छन् ।समितिले ज्यान गुमाएकालाई साँस्कृतिक शहीद घोषणा गर्न एवं पीडित परिवारलाई उचित क्षतिपूर्ति, शान्ति सुरक्षा, सम्पूर्ण घाइतको उपचार उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गरेको छन् ।नेपालको संविधानमा सबैखाले विभेदको अन्त्य भएको घोषणा भए पनि राज्य र समाज ले नै दलित माथी थिचोमिचो गरिरहेको दलित अगुवाहरुले बताएका छन् ।
त्यस्तै ज्ञापन पत्र बुझदै जिल्ला प्रशासन कार्याल्य चितवनका सहयक प्रमुख अधिकारी नेत्र प्रसाद शर्माले सम्बन्धीत निकायमा आझै पठाउने प्रतिवद्धता गरेका छन् ।
जातीय विभेदले निम्त्याएको घटनाले तात्यो चितबनको सडक
जातीय विभेदले निम्त्याएको घटनाले तात्यो चितबनको सडक
- अ
- अ
- अ








