चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित कामना सेवा बिकास बैंकले स्थानीय ४४ घरका विपन्न परिवारलाई राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत ती घरधुरीलाई १५ दिनलाई पुग्ने खाद्य सामग्री वितरण गरेको हो । लकडाउनका कारण सबैभन्दा बढी ज्यालादारी मजदूर र विपन्न वर्ग बढी मारमा परेको कारण राहत सामग्री वितरण गरिएको बैंकले जानकारी दिएको छ । न्यून आय भएका गरीब तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाद्य तथा अन्य सामग्री वितरण गरिएको बैंकका शाखा प्रबन्धक रामप्रसाद लोहागुनले बताए । उनका अनुसार उनीहरुलाई १५ दिनलाई पुग्ने चामल, तेल, नुन र साबुन वितरण गरिएको हो । उक्त राहत महानगरपालिकाको वडा नम्बर ५, विकास चोक टोल विकास संस्था र विकास चोक बजार समितिको सहकार्यमा राहत वितरण गरिएको हो । वितरण कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक सुरेन्द्र भण्डारी, वडा सदस्य रबिलाल भट्टराई, टोल बिकाश सस्थाका अध्यक्ष केशवराज पोखरेल, बजार समितिका अध्यक्ष दिपक श्रेष्ठ लगायतको सहभागिता थियो । बैंकले लकडाउन शुरु भएपछि टाँडीको खुरखुरे , नारायणढको लायन्स चोक, शारदानगर, हाकीमचोकमा रहेका शाखाहरुबाट समेत राहतसामाग्री वितरण गरिसकेको छ ।








