• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो ।

    विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्रममा १३ नमूना विसर्जन गरिएको, २० नमूनालाई क्वारेन्टिनमा केही समय राखेर मात्र बिक्री वितरणका लागि अनुमति दिइएको थियो । प्रयोगशाला दुई वर्षअघि सञ्चालनमा ल्याइएको हो ।

    अघिल्लो आवमा २९९ नमूना परीक्षण गरिएको थियो । पहिलो आवमा दुई नमूनालाई बढी विषादीको प्रयोगका कारण विसर्जन गरिएको थियो भने छ नमूनालाई क्वारेन्टिनमा राखिएको उहाँले जानकारी दिनुभयो । गत आवमा प्रयोगशालामा परीक्षण गरिएका नमूनामध्ये सबैभन्दा धेरै काँक्रोमा विषादी प्रयोग भएको पाइएको र चार वटा काँक्राको नमूनालाई विसर्जन गरिएको कार्यालयले जनाएको छ ।

    यस्तौ बोडी, भेडेखुर्सानी, टमाटर, काउली, ब्रोकाउली, सिमी, घिराँैलालगायतमा विषादीको प्रयोग बढी भएको पाइएको छ । कालीमाटी तरकारी बजारबाटसमेत जिल्लाबाट गएका तरकारीमा विषादीको प्रयोग बढी भएको गुनासो आएपछि कृषकलाई गाउँगाउँमा गएर सम्झाउने र विषादीको प्रयोगबारे जानकारी गराउने काम भएको प्रमुख ढकालले बताउनुभयो ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण विदेश गएर फर्किएका र यही रहेका युवा अहिले कृषि पेशामा आकर्षित भएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत आवमा समीक्षा गर्दै चालू आवमा कृषि क्षेत्रमा हुने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

    प्रमुख डल्लाकोटीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको सयम प्राङ्गारिक खेतीको हो । सबैले प्राङ्गारीक मल र उत्पादनको प्रयोग गर्नुपर्छ ।” कार्यक्रममा केन्द्रका प्रमुख युवराज पाण्डेले आगामी कार्यक्रम कृषकमैत्री भएर सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । (रासस)

    file photo

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.