काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्ने तय भएको पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठक विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न केन्द्रित हुने बताइएको छ । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने तयारी छ ।
एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गतेका लागि तोकिएको छ ।








