काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा अपरान्ह ३ बजेपछि बस्ने तय भएको छ ।
आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा बैठक केन्द्रित हुनेछ । साथै बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारेसमेत छलफल हुनेछ ।
आजै बिहान नेता पौडेलले पार्टी नेतृत्वले १४औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको टिप्प्णी गरेका थिए । महाधिवेशन गर्न नसक्नुमा सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाही भएको पौडेलको आरोप छ।








