काठमाडौं । नेपालमा आज थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियममित पत्रकार सम्मेलन गर्दै आज थप १ सय ८९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १४ सय १ पुगेको छ । यसैगरि आज थप १३ जना निको भएका छ् । यो संगै निको हुनेको संख्या २ सय १९ पुगको छ । जसमा १७२ जना पुरुष ४७ जना महिला निको भएका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ६ जनाको मृत्यु भईसकेको छ ।








