काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा मंगलबार २ सयले बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ कायम भएको छ । यसअघि लगातार रुपमा सुनको मूल्यमा गिरावट आएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भैरहेको छ ।








