काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।
यसअघि सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टीकरण नदिदैँ सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका थिए ।








