काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बिहीबार ६ सयले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको छ ।








