काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ। त्यसकै एजेन्डा तय गर्नका लागि आज स्थायी कमिटी बैठक बस्न लागेको हो ।
एकिकृत नेकपालाई खारेज गर्ने सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि पूर्ववत् रूपमा नै फर्किएको नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तारदेखि वडातहसम्मका संगठन निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन। यी विषयमा केन्द्रीय कमिटी बैठकले ठोस निर्णय गरेर देशव्यापी पार्टी संगठन निर्माणको अभियानलाई अघि बढाउने सोतले बताएको छ ।








