• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

टिस्टुङ–पालुङमा मुला २ र काउली ५ रुपैयाँ प्रतिकिलो,तरकारी सस्तिँदा किसान चिन्तित

  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । लकडाउनका सुरुवाती सातामा ढुवानी असहज हुँदा महंगिएको तरकारी विस्तारै सस्तो भएर किसानलाई लागत नै उठाउन नसक्ने अवस्थामा पुर्‍याएको छ। गत सातादेखि तरकारीको भाउ अप्रत्याशितरूपमा घटेको छ। बजारमा भारतीय तरकारीको आयात निकै घटेर स्वदेशी उत्पादन नै छन्। लकडाउनमा ठूलो जनसंख्या उपत्यकाबाट बाहिरिनु र धेरै खपत हुने होटल(रेस्टुरेन्ट पनि बन्द हुनुले बिक्री घट्नुको असर तरकारीको मूल्यमा परेको हो। आलु, मुला, बन्दाकोपी, लसुन, प्याज, भेँडे खुर्सानी, गाजर, काउली, ब्रोकाउली र हरिया सागपात सबैको भाउ घटेको छ। उपत्यकामा काभ्रे, धादिङ र मकवानपुरबाट धेरै तरकारी भित्रिन्छ। बिक्री घट्दै जाँदा तरकारी संकलन केन्द्रहरूमा किसान चिन्तित भेटिन थालेका छन्। मकवानपुरको टिस्टुङ(पालुङ चिसो ठाउँ भएका कारण यहाँ फल्ने आलु, काउली, बन्दा र मुला भेडे खुर्सानी उपभोक्ताको रोजाइमा पर्छन्। तरकारी बजारमा पठआउन तयार रहेका बेला यसपटक बिक्री हुन नसक्दा किसान चिन्तित छन्। कृषि उपजको राम्रो आम्दानी लिँदै आएका किसानका बारीमा यसपटक व्यापारी पुगेका छैनन्। हाल टिस्टुङ(पालुङमा मा आलु प्रतिकेजी २० रुपैयाँ, काउली ५ रुपैयाँ, बन्दा ४ रुपैयाँ र मुला २ रुपैयाँमा बिक्री गरिरहेको स्थानीय किसान प्रतीक गोपालीले बताए। ‘यहाँको तरकारी काठमाडौं, विराटनगर ,पोखरा, हेटौडा र वीरगंज लगायतका ठाउँमा जाने गरेको छ,’ उनले भने, सयतिबेला फलाउनेले लागत उठाउनै नसक्ने अवस्था छ।’ बारीबाट टिपेपछि छिटो नबेच्दा झन भाउ नपाइने भएकाले थोरै मूल्यमा भए पनि बेच्नैपर्ने बाध्यता रहेको उनले बताए। ‘मेरो नौ रोपनीमा तरकारी छ, तयार भएको तरकारी टिपेर अर्को बाली लगाउनु पर्छ,’ उनले भने, ‘बारीमा त्यतिकै छाड्न भएन, बेच्दा लागत पनि उट्ने अवस्था छैन।’ पालुङकै चित्लाङका किसान पनि तरकारी भाउ घट्दा चिन्तामा छन्। ‘धमाधम आलु खन्ने बेला भएको छ। तरकारी खेती नै मुख्य पेसा भएको ठाउँलाई लागत परको कुरा बिउ किनेको पैसा समेत नउठ्ने हुनु त बज्र परेजस्तै हो,’ स्थानीय रिना बिडारीले भनिन्, ‘भाउ नपाएपछि कतिपयले काउली(बन्दा काटेर बाटैमा छाड्न थालेका छन्।’ काठमाडौं उपत्यकामा गत वर्षका तुलनामा चालु वर्ष तरकारीका थोक बजार बढेका छन्। बाहिरबाट कालीमाटी आइपुग्ने तरकारी बिभिन्न स्थानका थोक बजारमा पुग्छन्। त्यहाँबाट खुद्रा बिक्रेताले खरिद गरेर लैजान्छन्। खुद्रा बिक्रेताले खरिदको परिमाण घटाउँदा थोक बिक्रेताले पनि माग घटाइरहेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार दुइ सातायता खपत निकै घटेको छ। त्यसैले तरकारीको भाउ खस्किएको हो। हाल यहाँ भारतबाट लकडाउन अघिको समयको तुलनामा २० प्रतिशतमात्र तरकारी आयात भइरहेको छ। स्वदेशीमा कृषि उपज पर्याप्त पाइएको छ। थोक व्यवसायीहरू व्यापर घट्नुको मुख्य कारण लकडाउनको अवधिमा उपत्यकाबाट ठूलो संख्यामा उपभोक्ताहरु बाहिरिनुलाई मान्छन्। उपत्यकाका बिभिन्न स्थानका किसान आफैं पनि आफ्नो बारीका तरकारी बोकेर बेच्न निस्कने क्रम बढ्दा मण्डीबाट थोकमा ल्याएर बेच्ने खुद्रा व्यवसायी हच्किएका छन्। थोकको मूल्यमा गिरावट आएको आएको छ। कालिमाटी तरकारी बजारमा मूल्य घट्ने बढ्ने भइरहेको छ। दैनिक उपभोग्य वस्तुमा पर्ने भएकाले कोरोनाको त्रासका बीच पनि कालीमाटी समितिले थोक बजार संचालन गरिरहेको छ । लीमाटीको थोक तरकारी बजारमा गोलभेडा प्रतिकेजी २२ रुपैयाँ, आलु ३१ रुपैयाँ, प्याज २५ रुपैयाँ, गाजर १२ रुपैयाँ, काउली १२, बन्दा ९, बोडी ४२, मुला १२, घिउ सिमी ३३, करेला १८, लौका २२ र घिरौंला १२ रुपैयाँ रह्यो।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.