काठमाडौं । कोरोनाले नेपालमा दुईवर्षे बालिकासहित अहिलेसम्म आठजनाको मृत्यु भएको छ । पछिल्लो समय बाजुरामा एकसाता अघि भारतबाट आमाबुबासँग आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको छ । उनको आज बिहान सबेरै मृत्यु भएको हो भने हिजो दैलेखको दुल्लुमा पनि एकजना पुरुषको मृत्यु भएको थियो । त्यसअघि ६ जनाको मृत्यु भएको थियो ।








