• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

यस्तो छ कांग्रेस महाधिवेशन तालिका

  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख १९ भदौका लागि तोकिएको महाधिवेशनलाई मंसिरमा गर्नेगरी सार्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

    नयाँ कार्यतालिका अनुसार अब केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ । यसैगरी, कांग्रेसको सबैभन्दा तल्लो तहको संरचना मानिने वडा तहको अधिवेशन १८ भदौमा हुनेछ ।

    यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ ।

    सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख छ । कांग्रेसले यसअघि आन्तरिक विवादका कारण पाँचपटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो । यसपटक भने कांग्रेसले कोरोना संक्रमणलाई देखाउँदै महाधिवेशन सारेको हो ।

    २४ फागुन २०७२ मा ४ वर्षका लागि वर्तमान कार्यसमितिको नेतृत्व गर्दै सभापतिमा देउवा निर्वाचित बनेका थिए । कांग्रेसको विधानअनुसार २४ फागुन २०७६ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो ।

    यद्यपि, विधानको सुविधा प्रयोग गर्दै धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद २४ फागुन २०७७ सम्म एक वर्ष थप गरिएको थियो । सो समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको थियो ।

    सो मितिसमेत आगामी २३ भदौसम्म मात्रै हो । पटकपटक कार्यतालिका घोषणा गर्दै सार्दै आएको कांग्रेसले पछिल्लोपटक गत ४ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत पाँचौंपटक कार्यतालिका परिमार्जन गरेको थियो ।

    जसअनुसार १२ साउनमा गाउँ–नगर वडा अधिवेशन र १६ साउनमा गाउँ–नगर अधिवेशन गर्ने कार्यतालिका थियो । यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउनका लागि तोकिएको थियो ।

    यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १–२ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौ सम्मका लागि निर्धारण गरिएको थियो ।

    यसअघि क्रियाशील सदस्यताको विवाद नमिलेपछि ९ साउनमा बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तल्ला तहका सबै अधिवेशन स्थगित गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.