नवलपुर, १९ जेष्ठ । नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षका २ जना पुरुष र सोहि जिल्ला कोबिनयत्रिवेणी गाउँपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १४ वर्षका एक बालकमा कोरोना संक्रमणको पुष्टि भए गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ।








