काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्तापछि डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । प्रधानमन्त्री देउवा र डा. केसीबीच मंगलबार अपराह्न भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको थियो । स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई पदबाट हटाउनुपर्नेलगायत पाँचबुँदे माग राख्दै डा. केसीले ३ भदौसम्मको अल्टिमेटम दिएका थिए ।
सोही विषयमा कुरा गर्न प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता भएको हो ।









